Thursday 7 January 2016

फिजीका प्रधानमन्त्रीद्वारा पत्रकार सापकोटालाई ' सांस्कृतिक दूत' को सम्मान -कन्तिपुर समाचार !

कार्तिक १२, २०७२- फिजीले अष्ट्रेलियामा रहेर पत्रकारिता गरिरहेका नेपाली युवा भीमसेन सापकोटालाई आफ्नो देशको सांस्कृतिक दूत बनाएको छ । 
गणतान्त्रिक मुलक फिजीका प्रधानमन्त्री बेनी मरामाले अष्ट्रेलियाको सिड्नीमा एक समारोहकाबीच उक्त घोषणा गरेका हुन् । फिजीका प्रधानमन्त्री मरामाले सापकोटालाई आफ्नो पहिलो सांस्कृतिक दूतका रुपमा उक्त कार्यक्रममा प्रमाणपत्र प्रदान गरेका थिए । उनले उक्त अवसरमा फिजीमा रहेका नेपाली समुदाय र नेपालबीचको भाइचारामा विस्तार हुने विश्वास व्यक्त गरे ।


सापकोटाले फिजीमा रहेका समुदाय र नेपाली समुदायबीच सम्बन्ध विस्तारमा सहयोग पुर्‍याएको, गैर नागरिक भएपनि फिजीको शान्ति प्रवद्र्धनमा सघाएको भन्दै उनलाई सांस्कृतिक दूतमा नियुक्त गरिएको बताइएको छ । यसैगरि अष्ट्रेलियामा रहेका फिजीयनहरुको संस्था युनाइटेड फिजी कम्युनिटीले समेत सापकोटालाई ट्रष्टीको रुपमा चयन गरेको छ । उक्त कार्यक्रममा फिजीका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री शाहीन अली, परराष्ट्र मन्त्रालयका अधिकारीहरु र फिजीका सुरक्षा अधिकारीहरुको समेत उपस्थिती थियो ।


आफू फिजीको सांस्कृतिक दूतका रुपमा चयन भएपछि सापकोटाले प्रतिक्रिया दिदै यसले फिजीयन र नेपाली समुदायलाई आफूले गर्न सक्ने सबै योगदान दिने बताए । यो आफ्नो लागि उच्च सम्मान भएको भन्दै यसले आफुलाई आफ्नो देशका लागि अझै केही गर्ने उत्साह थपेको बताए । 
http://kantipur.ekantipur.com/news/2015-10-29/20151029113414.html 
प्रकाशित: कार्तिक १२, २०७२


http://bit.ly/1KH52F4

No comments:

Post a Comment