हांस्न सिक्नुहोस्, जीवन सुन्दर रहनेछ
"संसारमा तीन प्रकारका मानिस हुन्छन्, कोहि आँफैं देख्छ , कोहि देखाए पछि देख्छ र कोहि जति देखाए पनि देख्दै देख्दैन । "-लिओनार्दो दा भीन्चि
जापानमा मन्दिरहरूका द्वार अगाडि राखिएका दुईवटा बाघका मुर्तीहरू मध्ये एकको मुख खुला र अर्को को मुख बन्द गराइएका छन् । हेर्दा सामान्य लागे पनि यी कलामा ठुलो जीवन दर्शन अटाइएका छन्। जस मध्ये भाले बाघ को मुख खुला हुनुको अर्थ खराव विचार , ब्यवहार र दुषित आत्मा हरूलाई डरदेखाएर भागाउनका लागि हो भने बघिनीको मुख बन्द गराइनुको अर्थ राम्रा , विचार , सकारात्मक भाव र असल कुरालाई आँफैमा बचाइ राख्नु हो ।
हरेक दिन हाम्रो समाजमा ,सङ्गतमा राम्रा र दुषित सबै खाले मनिस सङ्ग हेलमेल हुने गर्छ । अझ राम्रा त कमैं भेटिन्छन्। जब हामी नराम्रा बाट आफु प्रभावित भन्छौ , त्यतिबेला हाम्रो राम्रो पन गुम्छ र हामी ‘हामी ‘ बन्दैनौ ।
त्यसैले आफु आफैं भएर बांच्न बघिनी ले झैं राम्रा कुरा आफु भित्रै बचाउनु राम्रो हुन्छ । यो कला संग पुर्वीय विद्वान चाणक्य सहमत हुंदै भन्छन् " ‘बुद्दीमान मानिस थोरै बोल्छ , धेरै सुन्छ र धेरै विचार गर्छ '।
मान्छे कहिले डर बोल्छ , कहिले रहर बोल्छ ,कहिले औपचारिकता र कहिले वाध्यता बोल्छ ,आफ्नै कुरा उ मुश्किलले बोल्न सक्छ । आ-आफ्नो प्राकृतिक बोली बोल्न सकिएन भने मानिस बेचैन बन्छ, गुम्सिएका भावहरूले दु:ख मात्र हैन रोग समेत निम्त्याउने आयुर्वेद चिकित्साको सिद्दान्त छ ।तसर्थ कम बोल तर आफ्नै बोली बोल यो सुखको कारक हुन्छ ।
तिमीलाई अरूकोमुख बाट जस्तो शब्द सुन्ने विचार हुन्छ आफु त्यस्तै बोल्ने प्रयास गर । हांसो दिंदा हांसो फर्कन्छ र रिस दिंदा रिसै फर्कन्छ । नराम्रो कुरा बोल्नै पर्दा पनि शब्द मात्र फेर बदल गरियो भने यसले सबैलाई लाभै- लाभ पुर्याउंछ । अक्सर गरेर हामीले अरू प्रति आभारी का शब्द बोल्न कन्जुस्याइं गरेनौंभने कम्तिमा मनको मैलो त्यत्तिकै निखार्ने बानी हुन्छ ।
मनलाई सुखको अवस्थामा पुर्याउने विभिन्न उपाय मध्ये मनोविज्ञानले हास्न सक्नुलाई ठुलो उपल्ब्धी ठहर्याएको छ । जो सँग भेटहुंदा पनि कटुता नराखि
मुस्कुराउने र दिनमा पटक पटक खुलेर हांस्न सक्ने मानिस र्हिदय रोग बाट टाढा हुन सक्ने एक अनुसन्धानले देखाएको छ । यसै कारण संसारका विभिन्न देशमा हांस्य क्लव हरू खोलिएको पाईन्छ । हांसो ले जीवनमा उत्साह लिएर अांउछ ।
चाणक्य सूत्रमा भनिएको छ '“निरुत्साहाद् दैवं पतति|“।
निरुत्साहित र हास्न नसक्ने मान्छे ले आफ्नो भाग्य नै गुमांछ । हांस्न नसक्ने निरास मानिसहरू तनाव र मुटु रोगका शिकार हुन्छन्। स्ट्रेस हर्मोनका कारण मानिसलाई डर, चिन्ता बढी हुन्छ ।
शरीरमा स्ट्रेस हर्मोन सक्रिय भयो भने डर मात्र लागिरहन्छ । नेपालमा भूंईचालोको बेला विरामी को रगत परीक्षण गर्दा धेरै मानिसमा स्ट्रेस हर्मोनको मात्रा बढी भेटिएको डाक्टरले बताएका छन् । लगातार भुइँचालो आइरहेका कारण धेरै मानिस डराएका थिए । त्यस्तै, राजनीतिक वा बाहिरी घटनाले पनिमानिसलाई चिन्तित बनाउँछ । कतै कर्फ्यु लाग्यो, कतै गोली चल्यो, कतै बन्द भयो, मुठभेड भयो यी घटनाले मात्रै चिन्ता दिने होइन । यी जम्मै कुरा सुनेपछि तपाईंमा " स्ट्रेस हर्मोन रिलिज हुन्छ र तपाईंलाई डर वा चिन्ता लाग्न थाल्छ । यदि सबै नकारात्मक घटना सुनेर पनि स्ट्रेस हर्मोन रिलिज हुनदेखि रोक्न सकियोभने केही हुँदैन । यस्ता घटना सामान्यतः बालबालिकाले पनि सुनेका हुन्छन् । तर उनीहरूलाई यी घटनाले छुँदैन वा उनीहरूलाई थाहा छैन र उनीहरूलाई चिन्ता हुँदैन । घटनाले तपाईंलाई दुःखी बनाउँदैन, त्यो घटनाप्रतिको तपाईंको प्रतिक्रियाले दुःखी बनाउने हो । डर र चिन्ता आउन शरीरमा स्ट्रेस हर्मोन एक्टिभहुनुपर्छ । स्ट्रेस हर्मोनले सकारात्मक र नकारात्मक दुवै कार्य गर्छ । अहिले संसारमा हजारभन्दा बढी रोग छन्, वैज्ञानिकहरूले यो पनि भनेका छन् कि मानिसलाई लाग्ने सबै रोगको पछाडिको कारण स्ट्रेस हर्मोन पनि हो ।
अलिअलि त स्ट्रेस हर्मोन पनि चाहिन्छ, नत्र मानिसले सही ढंगले काम गर्दैन । तर, धेरै भयो भने गाह्रो पार्छ । स्ट्रेस धेरै भयो भने त्यसलाई टी–स्ट्रेस भनिन्छ । यो धेरै स्ट्रेस हर्मोन आउनदेखि रोक्न पनि हाँसोले काम गर्छ । कसरी भने, हाँस्दा एन्डोर्फिन्स रिलिज हुन्छ, यो साकारात्मक हर्मोन हो । पोजिटिभलेनेगेटिभलाई काट्छ । कोठामा त अँध्यारो वा उज्यालो मात्रै हुन्छ, दुवै एकैसाथ त हुँदैन । निरन्तर हाँसिरहने मानिसमा एन्डोर्फिन्स बढी निस्कन्छ, जसले स्ट्रेस हर्मोनलाई कम गर्छ र दुःख–चिन्ता कम हुन्छ । डर दुई प्रकारका हुन्छन्– एउटा लजिकल डर हुन्छ । आगलागी भयो भने त डराउनै पर्यो । अर्को, मानिस त्यत्तिकैके–के परिणाम सम्झेर पनि डराइरहेको हुन्छ । यो त्यत्तिकै डराउने समस्याको समाधान हाँसो नै हो । वैज्ञानिकहरूले निरन्तर हाँस्नेहरूलाई 'डिप्रेसन' नहुने पनि पत्ता लगाएका छन् । डिप्रेसन उसैलाई हुन्छ, जसको शरीरमा 'सेरोटानिन' भन्ने हर्मोन कम निस्क्यो वा कत्ति पनि निस्केन भने डिप्रेसन हुन्छ । त्यस्तै,एन्डोर्फिन्स निस्केन भने पनि डिप्रेसन हुन्छ । शरीरमा सकारात्मक हर्मोन निकाल्न सघाउने एउटै माध्यम हो, हाँसो । कुनै रोगका कारण मानिस हाँस्नै नसक्ने अवस्थामा पुग्यो भने त बेग्लै कुरा । तर, सामान्यतः हाँस्न सक्ने अवस्था छ भने हाँसो धेरै रोगका लागि राम बाण हुने गर्छ ।
हाँसोको विज्ञानलाई' गेलोटोलजी' भनिन्छ । हाँसोले शरीर र मनमा पार्ने प्रभावबारे अध्ययन गर्ने विज्ञान नै 'गेलोटोलजी' हो । तर, हाम्रो समाजमा हाँसोलाई त्यति महत्त्व पनि दिइँदैन । हाम्रोमा परम्परागत रुपमा नै ‘हाँस्यो कि नास्यो’ भन्ने अवधारणा पनि छ । अब यसको लाभ पक्ष हेर्दै यसलाई लाई सम्पादन गरेर’'हांस्यो कि रोग नास्यो ‘' बनाउनु पर्ने भएको छ । हाम्रोमा गम्भीर प्रकृतिका मानिस वा भद्रभलादमीहरू खासै हाँस्दैनन् । हाम्रोमा कि त केटाकेटी हाँस्छन्, कि त महिलाहरू हाँस्छन्, या त गम्भीर नहुनेहरू हाँस्छन् भन्ने अवधारणा रहँदै आएको छ । समाजका प्रतिष्ठित विल्ला लागेकाहरू नहाँस्ने, परिवारमा ठूलाबडानहाँस्ने भएपछि हाँसोले महत्त्व पाउने भन्ने भएन । तर अनुसन्धानले देखाएको छ कि हाँसोले भौतिक , मानसिक, सामाजिक र आर्थिक लाभ दिलाउंछ । यसबारे धेरै अध्ययन भइसकेको छ, अझै पनि हुँदै छ ।
शारीरिक व्यायामले शरीर स्वस्थ राख्छ । स्वास्थ्य नै सुखको कारक मध्ये एक हो । आवश्यक मात्रामा शारीरिक कसरत हुन सकेन भने मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ हुँदैन । शारीरिक व्यायामले दिने लाभ हाँसोले पनि दिन्छ भन्ने 'गेलोटोलजिस्टले' पत्ता लगाएका छन् । शारीरिक व्यायामले शरीरमाजे प्रभाव पार्छ वा जस्तो फाइदा पुर्याउँछ, त्यो हाँसोले पनि दिन्छ । हाँस्दा मात्रै अनुहारका ४४ वटा मांसपेसी चल्छन् । हाँस्दा धेरै मसलको एक्सरसाइज हुने हुँदा हाँसिरहने मानिसको अनुहार त्यति बिग्रँदैन । जस्तो, उमेरअघि नै चाउरी पर्दैन, खटिरा आउँदैन ।
अनुहारलाई प्राकृतिक रुपमा सुन्दर राख्न हाँसोको विशेष भूमिमा रहन्छ । अप्राकृतिक साधनको प्रयोग अत्यधिक गर्दा अनुहार सुन्दर बनाउन सकिएला, त्यसले नकारात्मक असर गर्छ, तर हाँसोको कुनै असर ' साइड इफेक्ट' छैन, फाइदैफाइदा छ । साना बच्चा र खासगरी तरन्नेरिहरूको अनुहारमा जुन चमकहुन्छ, त्यसको पछाडिको कारण हाँसो हुन्छ । किनभने, केटाकेटी र युवती अलि खुलेर हाँस्छन् । अर्को कुरा, हाँस्दा सबैभन्दा बढी पेट चल्छ । हाँस्दा पेट चल्ने भएकाले अंग्रेजीमा ‘बेली–लाफ’ पनि भनिन्छ । हामी पनि ‘पेट मिचिमिची हाँसियो’ भन्छौँ । हाँसोले पेटको सम्पूर्ण भागको एक्सरसाइज हुन्छ । पेटसम्बन्धीरोग निको पार्न पनि हाँसो लाभदायी हुन्छ । यदि पेट घटाएर सुन्दर वा सुन्दरी देखिने हो भने पनि हाँसो निकै उपयोगी हुन्छ । मान्छेको कुरूपता पेट बढ्नु पनि हो । उमेर छँदै पेट बढ्यो भने कुरूप त भइन्छ नै, सँगसँगै डायबिटिज पनि निम्तिन्छ । सामान्यतः पेट थोरै मात्रै बढ्दा पनि डायबिटिजले आक्रमण गर्ने सम्भावनाधेरै नै रहन्छ । हाँस्दा अनुहार, पेट मात्रै नभएर पूरै शरीरका मांसपेसी अछुतो रहँदैन । हातखुट्टा चल्छन्, पूरै शरीर थर्कन्छ पनि । यसलाई बुझ्नका लागि घर ढलानको उदाहरण हेर्न सकिन्छ । सामान्यतः हामीले ढलान गर्दा डन्डीले घोँचेर सिमेन्ट खँदिलो बनाउँछौँ । तर, ठुल्ठूला घर ढलान गर्दा भाइब्रेटरको प्रयोगगरिएको हुन्छ । भाइब्रेटरले जुन कम्पन पैदा गर्छ, त्यसले ढलान गरेको ठाउँमा सिमेन्टलाई खँदिलो बनाउँछ । त्यस्तै, मजाले हाँस्ने मान्छेको पनि पूरै शरीर भाइब्रेट हुन्छ ।
जसकारण पूरै शरीरका कोषमा व्यायाम हुन पुग्छ, शरीरलाई खँदिलो बनाउँछ । आधा घन्टा व्यायाम गर्नु र पाँच मिनेट हाँस्नुको फाइदा एउटै हुन्छ । अचेल योगमा पनि एउटा पद्दति विकास भएको छ, त्यसलाई भनिन्छ,' हांस्य योग '’ लाफ्टर योग’ भन्ने नामले समेत पुकारीन्छ । जसमा केहीबेर मजाले दिल खोलेरहाँसिन्छ, वा हाँस्ने अभ्यास गरिन्छ । यो पद्दति अस्ट्रेलिया , युरोप ,अमेरिका लगायतका देशमा बढी नै लोकप्रिय हुन लागेको छ ।
एउटा संस्कृत स्लोक छ :
"चन्दनं शीतलं लोके ,चन्दनादपि चन्द्रमाः |
चन्द्रचन्दनयोर्मध्ये शीतला साधुसंगतिः ||-
अर्थात सुखि मान्छे र असल मित्र चन्द्रमा र चन्दन भन्दा पनि शितल हुन्छ, जबकि संसारमा चन्दन र त्यो भन्दा धेरै चन्द्रमा शितल हुन्छ भन्छन्न।
पामको भनाइमा :'ईश्वरको रुप हांसोमा हुन्छ ।
यसोत भनिन्छ 'हांसेर बोल्ने ले खुशी लिन्छ र अरूलाई पनि खुशी दिन सक्छ । तसर्थ हांस्न सक्नुमा सुखको सूत्र लुकेकै छ ।
मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् । ति न्युरोनलाई कम सँख्यामा नष्ट हुन दिन , आहार विहार र व्यवहार शुद्द हुनु जरूरी छ । जब आहार विहार र ब्यवहार शुद्द हुन्छ तव मान्छे हांस्न सक्छ । रोगी र निरास मान्छे हांस्न सक्दैन । हाम्रोशरीरमा ६३९ वटा मांसपेशी हुन्छन् र एक जना मानिस हाँस्दा करिब ४४ वटा मांशपेशीको अभ्यासको एकैसाथ अभ्यास हुने हुंदा आजै बाट परिवारमा हांसो को संचार ल्याउं ।
एक पटक हाँसेर खिच्दा फोटो सुन्दर आंउछ भने संधै हांस्ने अभ्यास गरेमा जीवन नै सुन्दर हुन्छ । bhimsensap@hotmail.com
No comments:
Post a Comment