Sunday 27 September 2015

गलत सङ्गत गर्नु भन्दा एक्लै रहनु उत्तम Article (प्रेरणादायी लेख-8 )


जगत दुईवटा छ , वाहिरि र भित्री । वाहिर जे छ , राम्रो -नराम्रो , दु:ख -सुख ,चिसो-तातो  यो सबको शुक्ष्म प्रभाव भित्रको संसारमा पर्छ ।  वाहिरको आहार -विहार , भावना र ब्यवहार मात्रै मात्र हैन , मौसम पनि त्यत्तिकैअसरअदायी हुन्छ ।
 एउटै फलाम हो , आगोमा हाल्दा तात्छ , फ्रिजमा हाल्दा ठण्डा हुन्छ । मानिसको दिमाग पनि यस्तै हो ,जस्तो संगत पर्दै गयो उ विस्तारै त्यो बातावरणमा घुलमिल हुंदै त्य्सतै बन्छ । यसैले संगत राम्रो हुंदा जीवन राम्रो हुन्छ,।
विदुर नीतिका अनुसार : सकारात्मक भाव नदेखाउने , ईर्ष्या गर्ने , घृणामा रमाउने , असंतोषी , क्रोधी , सदा ससंकित हुने , आर्काको भाग्यमा भर पर्ने हरू सधैं दुखि रहन्छन्न्।
ईर्ष्यी घृणी न संतुष्टः क्रोधनो नित्याशङ्कितः।
परभाग्योपजीवी च षडेते नित्यदुः खिताः।।
 एउटा पौराणिक कथा छ , एक जुम्ल्याहा सुगा थिए । संयोगले  उनिहरू मध्ये एक लाई योग आश्रममा हुर्कने मौका मिल्यो र अर्कोलाई एउटा मासु पसले , बुचरकोमा । हुर्किंदै जांदा , जाभा सुगाहरू वयस्क भए आश्रममाहुर्किएको सुगा अरू मनिषा देख्ना साथ विनयका साथ भन्ने गर्थ्यो , 'नमस्कार ! शुभदिन होस्। तपाईंको कल्याण होस् । ' उसको आवाज सुन्ना साथ सबैमा एक साकारआत्मक उर्जा बग्थ्यो । तर अर्को बुचरको घरमा हुर्कनेचराले यस्तो वाणी सिक्यो 'ए समा..! यसलाई , पक्रेर थिच , मार हान्दे घांटी छिनाल्दे ,नछोड यसलाई .."
यो आवाजले सबैमा नकारात्मक उर्जा , भय , त्रास र रिस जगाइदिन्थ्यो । उनिहरू एउटै आमाको कोखबाट जन्मेर पनि फरक बोली हुनुमा सङ्गतकै पारीणाम थियो ।
 जुन ब्यक्तिको सङ्गत  तपाईंलाई नराम्रो लाग्छ , त्यो  ब्यक्ति वा परिस्थिती सँगको भेटलाई निरन्तरता नदिनु आफुलाई बिग्रिन बाट बच्चाउनु हो । अरूलाई दोष नदीई आफु बंच्न सकिन्छ भने किन दोष थोपर्ने । हांसि हांसिअरूलाई बचाउन र अफु बाँच्न सक्ने कला हरेक दिन एक एक गरेर तपाईं बिकास गर्न सक्नु हुन्छ । संसार एक सुन्दर वाटिका हो । त्यसमा पनि यो जीवन अती सुन्दर छ । पशु जगत भोग को जगत हो भने मनुस्य जगतकर्म जगत  हो ।
 सुन्दर कर्म गरेर, जीवन सुखमय पार्ने वा कुकर्म गरेर जीवन दु:खद बनाउने त्यो आँफैमा निर्भर हुन्छ । राम्रो र नराम्रो गर्ने कर्म कुनलाई छान्ने त्यो हामीलाई छुट छ । त्यसैले भनिन्छ 'पशुमा चार स्वाभाव हुन्छ 'आहार, निन्द्रा,भय, मैथुन ' , तर मानिसमा ५० व्रित्ती हुन्छ । जीवनमा भोग हुनु पर्छ तर त्यसमा योग जोडीनु पर्छ , जीविका हुनुपर्छ तर त्यसमा जीवन पनि हुनु जरूरी छ । भौतिकता सँगै अद्यात्म जोडीयो भने त्यो सन्तुलित जीवन भन्छ ।ऋग्वेदमा एउटा पुरानो कथा छ , दुई चरा  एउटा फलले भरिएको रुखमा बसे , एउटा धमाधम कतै नहेरी फल खान लाग्यो , अर्को चारै तिर हेरेर ,प्रकृतिको आनन्दमा रमाउंदै सुन्दरताको मजा  लिन थाल्यो । सुन्दरबातावरण हेर्दै उसले फेरी भोजनको स्वाद लियो ।
फल खाने अवसर त दुबैलाई छ तर आफुले  प्रार्थमिकता केलाई  दिने भन्ने हो । संसार पनि यस्तै छ , भोगमा योग , अध्यात्मको मजा लिंदै सचेत मनले जीवन जीउने वा वेहोसमा  भोग मात्र गर्ने त्यो आँफैमा भर पर्छ । हांसेरवांच्न साधन भएर मात्रा पुग्दैन , साधन भएर मात्र सुख हुने भए चर्चित धनाढ्यहरू हरूको अाखिरी अवस्था वियोगान्त नहुनु पर्ने । साधानको मजा लिन आवश्यक चेतना वास्तवमा ठुलो कुरा हो , र यही सन्तुलनमा  नैजीवनको सफलता छ ।
  हिमालकोचिसो बातावरणको प्रभाव एक चराको फुल भित्रको भागमा समेत  हुन्छ । अण्डा भित्रै चराको भुत्ला उम्रिन्छ अन्डा फुट्ना साथ उ वाहिरको बातावरण सँग जुध्न सक्ने भएर निस्कन्छ ।
प्रकृतिले जीवलाई असाध्य माया र अवसर दार्शाएको छ। यसो त वौद्द दर्शनमा दु:ख हटाउने ८ वटा पक्ष छन्न। यसलाई  प्रगतिको मार्ग -
1.       ठीक दृष्‍टिकोण।
2.       ठीक अभिप्राय ।
3.       ठीक बोली ।
4.       ठीक कार्य ।
5.       ठीक जीवनशैली ।
6.       ठीक प्रयास ।
7.       ठीक सचेतना ।
8.       ठीक एकाग्रता । 
यसको सार हेर्दा यसो भन्न सकिन्छ : सोच्नु पनि कर्म गर्नु हो , राम्रो सोच्दा विज्ञानको नियम अनुसार राम्रो रसायन शरिरमा खेल्छ र राम्रो नतिजा आउंछ । यस्तै बोली , जीवन शैली ,कार्य सबैमा सकारात्मक पन मिसाउनुराम्रो नतिजाको लागि ठाउँं राख्नु हो । ठुलो हुंँदैमा मानिस सुखलाई परास्त गर्न सक्दैन ।
 कविर वाणीमा यस्तो भाव राख्छ्न्न:
बड़ा भया तो क्या,जैसे पैड खजूर |
पंथी को छाया नहीं, फल लागे अति दूर।।

बढी चर्चा, नाम सम्मान र धन भएर पनि अरूको लागि उपायोगि नहुने वस्तु त्यो निरर्थक हो । सस्तो लोकप्रियता एक दिन बिलाएर जान्छ , कृतिम प्रकाश विलाएर जान्छ , त्य
सैले कृतिम प्रकास खोज्दै समय नस्ट गर्नु भन्दासहज प्रकाश तर्फ आकर्षित बनौं  ।
तपाई जुन सुकै पेशामा हुनुहोस, चाहे तपाई नृत्यमा किन नहोस, तपाईले त्यहाँ आफू बाहेक अरु कसैलाई नदेख्नुहोस आफू नृत्यमा केन्द्रीत हुनुहोस । त्यसपछि तपाई आफैमा डुब्नुहुन्छ अनि तपाईको नृत्य राम्रो हुन्छ ।सबैको ताली पाउनुहुन्छ । त्यस्तै तपाई चित्रकार हुनुहुन्छ, लेखक हुनुहुन्छ, पत्रकार हुनुहुन्छ, व्यापारी हुनुहुन्छ जुन सुकै पेशामा भएपनि तपाई आफैँमा डुब्नुहोस अनि तपाईको काम सफल हुन्छ अनि तपाई खुशी हुनुहुन्छ।
आफूमा डुब्न अभ्यास र अनुशासन चाहिन्छ । कुनै पनि विषयमा लामो समयसम्म अभ्यास गरियो भने डुब्न सकिन्छ । सुरु सुरुमा डुब्न सकिन्न, गाह्रोे हुन्छ । शुरुमा हामीलाई साइकल चलाउन सजिलो हुंदैन  , सहज भएन  ,सुख भएन । एउटा गाह्रोको फेज हुन्छ, विस्तारै त्यो फेज पार भएपछि सहजता आउँछ । सहज भैसके पछि आनन्द आउँछ । आनन्द आईसके पछि दिमागमा न्यूरनको एउटा नयाँ सन्जाल  बन्छ । नेटवर्क बनिसके पछिभोलीपल्ट पनि त्यस्तै गरौँ गरौ जस्तो लाग्छ किनकी त्यो सन्जालले  तान्छ ।
अर्को दिन पनि गरौ गरौँ लाग्छ । त्यसैले कुनै पनि कुराको रस ननिस्किदासम्म त्यो कुरा गरिरहनु पर्छ । शुरुका दिनमा रमाइलो हुदैन, सजिलो हुदैन । धेरै गाह्रो हुन्छ । धेरै संघर्ष गर्नुपर्छ, जब एक क्लिक लाग्छ अनि मात्रसहज हुन्छ र आनन्द आउन थाल्छ ।
सबैभन्दा पहिला अनुशासन चाहिन्छ । अनुशासन भयो भने आफ्नो सपनालाई बिर्सिदैन, आफ्नो सपनालाई निरन्तरता दिईन्छ । अनशासन भयो भने कामलाई निरन्तरता दिईन्छ ।त्यसपछि आफैभित्र डुब्नुपर्यो । ओशो कोभनाइमा तिमी यती आफु भित्र डुब कि तिमीलाई एक्लै हुंदा पनि  एक्लो पनको महसुष नहोस्। सुखि हुन  यता उता के भैरहेको छ हैन, म के गरिरहेको छु भनेर आफ्नो काममा निरन्तरता दिँदै आफैभित्र चुर्लुम्म डुब्नु पर्यो ।यस्तै डा विकासानन्द को भनाइमा आफैँभित्र डुब्नुभयो भने तपाईको काम सफल हुन्छ र तपाई खुसी हुनुहुन्छ । अब तपाई अरुलाई खुसी पार्नुहोस । अरुलाई खुशी पार्नुनै सफलता हो ।
अभ्यास +अनुशासन + आफैँभित्र डुब्नु + आफू खुशी हुनु + अरुलाई खुशी पार्नु = सफलता र खुशी। 
हामि कहाँं जन्मियौ , परिवार कस्तो थियो , हुर्काई कस्तो रह्यो , समाज कस्तो छ ,अहिले कस्तो साथीहरू सँग संगत छ , जीवन बिताउने साथी कस्तो छ त्यसैको समजोडको नतिजा नै आज हामी हौं । तसर्थ संगत सुगा रफलाम को प्रसँग जस्तै हो । तसर्थ संगत सुधार  नै आफ्नो सुधारको पहिलो चराण हो ।

-भीमसेन सापकोटा, bhimsensap@hotmail.com

No comments:

Post a Comment