Sunday 27 September 2015

हाइकु -३



1.नसामा मान्छे 
तन र मन नाङ्गै 
लाजले छोड्यो । 

2.हाइकु  रेल 
थकानको निन्द्रामा
 रेलमै छुटदा ।

3.खान्जी नबुज्दा 
टिकटको लाइनमा  
चर्पि पुगियो ।

(जापान यात्रामा लेखिएका हाइकुहरू )-भीमसेन सापकोटा

छेक्छ बादल
 मान्छे, बाटो र देश
 उम्कन्छ बोली ।..!

 छैन उज्यालो 
चट्याङ नै नपरी
 बुद्द भुमिमा । ...!

  ओपेरा धुरी
 शिरै उठांउंदैन
 कालो विगत।...!

  रविले देख्छ  
  अध्यारोको रुवाई 
       विहान मात्र  । 

भाग्य सिलाउन  
 दौडधुपमै उध्रिन्छ 
ढाकाको  टोपी ।
http://ausnepalnews.com/?p=19761
 - See more at: http://nepalpati.com/news/16038/bhimsen-sapkota#sthash.j9NoO8V7.dpuf

'जिब्रो सुध्रियो भने जीवन सुध्रीनमा समय लाग्दैन' Article (प्रेरणादायी लेख-7 )


- भिमसेन सापकोटा
तिमि आजको लागि बांच ,हिजोको लागि हैन , भोलिको लागि पनि  हैन ,सिर्फ आजै ,यहि क्षणमा तिमि वांच , भोलिको लागि नपर्ख  -जेरी स्पिरेली
 तपाईं आफ्नो जिन्दगी अहिल्यै बदल्न सक्नुहुन्छ ! एक क्षणमा । हरेक विशाल भवन ,एक एक इंटा गरेरै बनेको हुन्छ । झट्ट हेर्दा जाबो एक इंटा हो भ्न्ने लाग्छ , तर इंटाहरू एक एक गर्दै गगन चुम्बि भवनका आधार स्तम्बबन्छन्। तपाइंको यो क्षणमा जे मनमा छ , त्यसलाई अहिल्यै सकारात्मक पक्षमा मोड्नु होस्। म खुसि छु , मैले  अहिले यो क्षणमा जे पाएको छु सुखले स्वीकार गर्छु ,र एकछिन पछि जे जस्तो परिस्थिती अांउंछ म हांसेरआनन्दले आत्मसाथ गर्ने छु । तपाईं अहिल्यै ,यसै क्षणमा यी शब्द मनमा दोहोर्याउनुहोस्। यसले तपाईंंको मनमा  एउटा रसायन उपलब्ध गराउं छ , त्यो रसायन ले तपाईंलाई आत्म सन्तुस्टिको बाटोमा पुर्याउन सघाउंछ ।
तपांई अहिल्यै विचार गर्नुस्-तपाईं  अहिले एकछिन् पछि कागती सांधेर पिरो र मिठो अचार मजाले खानु हुनेछ '। यसरी सोच्दै गर्दा मुखमा पानी रसाउन थाली हाल्छ , कागती सांधेर खाने कुरा काल्पनिक थियो ,तर मुखमासांच्चै पानी आयो , यसको वैज्ञानिक कारण हाम्रा शरिरका तन्तुहरू कागती पचाउनका लागि तयार भए र कल्पना गर्दा मात्रै पनि रसायन निकाल्न तयार देखिए  । यहि सूत्र अनुसार यदि तपाईं जीवनका हरेक मिनेट
सकारात्मक सोच्दै ,राम्रो नराम्रो जे मिल्छ त्यसलाई समयको उपहार सम्झेर स्वीकार गर्दै जानु भयो भने ,मिनेट मिनेट भरमा सोचिएको साकारात्मक विचार ले एक सुन्दर दिन बन्छ । आजको दिन सुन्दर भयो ,अब भोलीयस्तै कुरा दोहोर्याउनुस, यो हप्ता ,महिना र वर्ष पनि, यसो गर्दै जांदा तपाईंमा सरलता र जस्तो सुकै अवस्थामा  पनि हांसेर  सन्तुस्टि लिने बानि पर्छ ।
चर्चित लेखिका  रोन्डा बैरोन आफ्नो पुस्तकमा लेख्छिन्:'यो संसारका सबै वस्तुमा एक चुम्बकीय तत्व गांसिएका हुन्छन्,र जताततै चुम्बकीय तरङ्ग हुन्छ , त्यो तरङ्ग ले तपाईंको सोच र भावनामा समेत असर पारीइरहेकोहुन्छ "
त्यसैले तपाईं राम्रो र नराम्रो जस्तो सोच्नुहुन्छ ,त्यस्तै  साथीहरू भेट्नु हुन्छ ,त्यस्तै परिस्थिती पाउनुहुन्छ ,यो तपाईंले नै निम्त्याएको सोचको परिणति हो । अहिल्यै सोचको तरङ्ग बदल्नुहोस् ,जे हुंदैछ तपाईंकै हितमा हरेकघटना घट्दैछन्,यो सोच्दा तपाईं वरिपरी अहिल्यै एउटा सुखद तरङ्ग बग्न थाल्यो ।
जीवनमा कुनै  घटना घट्यो भने त्यसलाई तुरुन्त  सकारात्मक बाटोमा परिवर्तन गर्नुहोस्। राम्रो सोच्न कहिल्यै ढिला हुन्न । तपाईंको शब्दकोष मा आउने , बरबाद , खत्तम ,डुब्यो गद्दार जस्ता शब्द हटाउनुस् र ती शब्दकोठाउंमा अहा ! उत्तम , बन्यो , मजा भयो , सुन्दर देखियो भन्ने शब्दहरूलाई प्रयोगमा ल्याउनुहोस्।
दोषारोपणा ,आलोचना ,गल्ति औंल्याउनु ,गुनासो गर्नु ,कुरा काट्नु जस्ता कर्मले तपाईंको जीवनमा तपाईंंलाई नै स्तर गिरेको मान्छे बनांदै जान्छ ।
भनिन्छ जिब्रो सुध्रियो भने जीवन सुध्रीनमा समय लाग्दैन। हामि बोल्न नजएर , आवेगमा बोलेर , वा नसोचि बोलेर अरुलाई दु:खांउंछौ र आफु पनि वेकारमा दुख्छौं । असल मानिस आफु देखेर पनि अरूलाई दुख्न बाटबच्चाउंछ जस्तैं वांसुरी हेर्नुहोस्, आफु  लाख  छातिमा घाउ भएर फेरी पनि गुनगुनाउने गर्छ।राम्रो बोलिले राम्रो सम्बन्ध विस्तार गर्छ ।  सम्बन्ध यस्तो होस्,सम्बन्ध टुटेपनी भेट हुदा शिर निहुराउन नपरोस्।
विचार–प्रधान मस्तिष्कमाथि नियन्त्रण नभइकन भाव–प्रधान मस्तिष्क (जुन ९० प्रतिशत शक्ति ओगटेर बसेको छ ) माथि नियन्त्रण संभव देखिंदैन । दायाँ–बाँया दुवै मस्तिष्कमाथि नियन्त्रण नभईकन महा पुरुषको जन्म पनि भएको पाईदैन अतःबाँया मस्तिष्कमाथि पूर्ण नियन्त्रण गर्ने बाटो के होला त ? किनकि यस प्रश्नको जवाफसितै महा पुरुष बन्ने बाटो जो खुल्ले देखिन्छ । पछिल्लो समयमा विभिन्न देशका वैज्ञानिकहरूले निर्विवादरूपमा एउटा के कुरा ठम्याउन भ्याएका छन् भने सबैजसो जिनियसमान्छेहरू सानैदेखि हरेक कुरामाथि प्रश्न गर्थे र गर्छन् । यही बारम्बार प्रश्न गर्ने, कुराको चित्तबुझ्दो जवाफ नपाएसम्म प्रश्न जारीराख्नाले बाँया मस्तिष्कको पूर्ण विकास भएको देखियो । अर्को शब्दमा भनुपर्दा कुनै पनि उत्तरबाटतबसम्म चित्त नबुझाउनु जबसम्म तथ्य पत्ता लाग्दैन ।
यो सकारात्मक सोच सङ्गै तपाईं आफुलाई सुखि राख्न हास्न सिक्नुहोस, हांस्दा मन शरीर र आत्मा सबैतर्फ राम्रो असार अप्रन जान्छ ।
यो सकारात्मक सोच सङ्गै तपाईं आफुलाई सुखि राख्न हांस्न  सिक्नुहोस् ,हांस्दा मन शरीर र आत्मा सबैतर्फ राम्रो असर पर्दै  जान्छ ।
भोलि हैन आजै ,म मा त्यो परिवर्तन घटित हुनेछ विश्वास गरौं ,आफुले आँफैलाई । म नयाँँ कलाका साथ जीवन जिउने जिउने छु । यस्तो विचारको थालनि नै सुखद मार्ग को    यात्रा द्वार हो   .
आँफैलाई विश्वास गर्दै आफुभित्रको सुख निकाल्न उसलाई समयनै हुंदैन र लगनशिलता अपाङ्ग बन्छ । लगनशिलताको प्रस्ङ्मा निरन्तर अभ्यास विना हामी भित्र लुकेको अनन्त आनन्द र महा पुरुषत्वको उत्पत्तीहुनैसक्दैन। यसका उदाह्रण माहत्मा गान्धी हुन्। गान्धी जिन्दगीभर खासै बौद्धिक वा कलात्मक क्षेत्रमा मरिमेटेर लागेन्। नलागे पनि गान्धि उद्धेश्यसहित निरन्तर कृयाशील रहे र यसैको परिणामस्वरूप उनिभित्र एक महापुरुषर महासन्त गुण को जन्म भयो । यस्तै बुद्दत्व को प्रकट गर्न पनि सिद्दार्थले निरन्तर प्रयास चालेका थिए । एकाइसौं शताब्दीमा पनि उनी संसारका दश अत्याधिक मन पराइएका युग नेताहरूमा पर्छन् भने गुगलमा सर्वाधिकसर्च गरिने जिजस, कार्लमाकर्स पछि महत्मा गान्धिको नाउँ आउँछ । एरिष्टोटललाई पनि सम्झौं -उनी भन्थे ” महानता र आत्मिक सुख अरू केही हैन, लगनशीलताको परिणति हो । यिनैसँग मेल खाने अर्का युग–पुरुष हुन्अलवर्ट आइन्स्टाइन । उनको जीवनीका अनुसार – उनी सानो छँदा मन्दबुद्धिका थिए । उनलाई सवैले हेप्ने गरेकाले एक दिन उनले एक शिक्षकसँग महान हुने सूत्र सोधे र शिक्षकले बताए –”निरन्तर अभ्यास “। यही सुत्रअपनाएर एक लेठेब्रो बालक महान वैज्ञानिक बने ।
सकारात्मक बानि र आत्म विश्वासको को निरन्तर अभ्यास नै दु:ख मुक्तिको कारण रहेको प्रसङ्ग भागवत गीताको छैंठौ अध्यायको ३५ औ श्लोकमा उल्लेख छ “अभ्यासेन तु कौन्तेय वैराग्येण च गृहयते ” । एक पटकसुनिएको , पढिएको ज्ञान , त्यो ज्ञान हुन सक्दैन , त्यो त केवल जानकारी र शब्द ज्ञान मात्र हुन्छ। तत्व ज्ञान र आत्मिक सुख त केवल निरन्तर अभ्यास र साधनामा नीहित छ ।
 यसैले त मनभित्रको वास्तविक सुख छिचोल्न विभिन्न ध्यान- योग विधि , शाकाहार जीवन र निरन्तर साधनाका उपायहरू निर्माण गरिएका छ्न्। कुनै एक सत्य साधनामा आत्म विश्वासका साथ र निरन्तर लाग्नु नै वास्तविकसुख को समीप पुग्नु हो .

गलत सङ्गत गर्नु भन्दा एक्लै रहनु उत्तम Article (प्रेरणादायी लेख-8 )


जगत दुईवटा छ , वाहिरि र भित्री । वाहिर जे छ , राम्रो -नराम्रो , दु:ख -सुख ,चिसो-तातो  यो सबको शुक्ष्म प्रभाव भित्रको संसारमा पर्छ ।  वाहिरको आहार -विहार , भावना र ब्यवहार मात्रै मात्र हैन , मौसम पनि त्यत्तिकैअसरअदायी हुन्छ ।
 एउटै फलाम हो , आगोमा हाल्दा तात्छ , फ्रिजमा हाल्दा ठण्डा हुन्छ । मानिसको दिमाग पनि यस्तै हो ,जस्तो संगत पर्दै गयो उ विस्तारै त्यो बातावरणमा घुलमिल हुंदै त्य्सतै बन्छ । यसैले संगत राम्रो हुंदा जीवन राम्रो हुन्छ,।
विदुर नीतिका अनुसार : सकारात्मक भाव नदेखाउने , ईर्ष्या गर्ने , घृणामा रमाउने , असंतोषी , क्रोधी , सदा ससंकित हुने , आर्काको भाग्यमा भर पर्ने हरू सधैं दुखि रहन्छन्न्।
ईर्ष्यी घृणी न संतुष्टः क्रोधनो नित्याशङ्कितः।
परभाग्योपजीवी च षडेते नित्यदुः खिताः।।
 एउटा पौराणिक कथा छ , एक जुम्ल्याहा सुगा थिए । संयोगले  उनिहरू मध्ये एक लाई योग आश्रममा हुर्कने मौका मिल्यो र अर्कोलाई एउटा मासु पसले , बुचरकोमा । हुर्किंदै जांदा , जाभा सुगाहरू वयस्क भए आश्रममाहुर्किएको सुगा अरू मनिषा देख्ना साथ विनयका साथ भन्ने गर्थ्यो , 'नमस्कार ! शुभदिन होस्। तपाईंको कल्याण होस् । ' उसको आवाज सुन्ना साथ सबैमा एक साकारआत्मक उर्जा बग्थ्यो । तर अर्को बुचरको घरमा हुर्कनेचराले यस्तो वाणी सिक्यो 'ए समा..! यसलाई , पक्रेर थिच , मार हान्दे घांटी छिनाल्दे ,नछोड यसलाई .."
यो आवाजले सबैमा नकारात्मक उर्जा , भय , त्रास र रिस जगाइदिन्थ्यो । उनिहरू एउटै आमाको कोखबाट जन्मेर पनि फरक बोली हुनुमा सङ्गतकै पारीणाम थियो ।
 जुन ब्यक्तिको सङ्गत  तपाईंलाई नराम्रो लाग्छ , त्यो  ब्यक्ति वा परिस्थिती सँगको भेटलाई निरन्तरता नदिनु आफुलाई बिग्रिन बाट बच्चाउनु हो । अरूलाई दोष नदीई आफु बंच्न सकिन्छ भने किन दोष थोपर्ने । हांसि हांसिअरूलाई बचाउन र अफु बाँच्न सक्ने कला हरेक दिन एक एक गरेर तपाईं बिकास गर्न सक्नु हुन्छ । संसार एक सुन्दर वाटिका हो । त्यसमा पनि यो जीवन अती सुन्दर छ । पशु जगत भोग को जगत हो भने मनुस्य जगतकर्म जगत  हो ।
 सुन्दर कर्म गरेर, जीवन सुखमय पार्ने वा कुकर्म गरेर जीवन दु:खद बनाउने त्यो आँफैमा निर्भर हुन्छ । राम्रो र नराम्रो गर्ने कर्म कुनलाई छान्ने त्यो हामीलाई छुट छ । त्यसैले भनिन्छ 'पशुमा चार स्वाभाव हुन्छ 'आहार, निन्द्रा,भय, मैथुन ' , तर मानिसमा ५० व्रित्ती हुन्छ । जीवनमा भोग हुनु पर्छ तर त्यसमा योग जोडीनु पर्छ , जीविका हुनुपर्छ तर त्यसमा जीवन पनि हुनु जरूरी छ । भौतिकता सँगै अद्यात्म जोडीयो भने त्यो सन्तुलित जीवन भन्छ ।ऋग्वेदमा एउटा पुरानो कथा छ , दुई चरा  एउटा फलले भरिएको रुखमा बसे , एउटा धमाधम कतै नहेरी फल खान लाग्यो , अर्को चारै तिर हेरेर ,प्रकृतिको आनन्दमा रमाउंदै सुन्दरताको मजा  लिन थाल्यो । सुन्दरबातावरण हेर्दै उसले फेरी भोजनको स्वाद लियो ।
फल खाने अवसर त दुबैलाई छ तर आफुले  प्रार्थमिकता केलाई  दिने भन्ने हो । संसार पनि यस्तै छ , भोगमा योग , अध्यात्मको मजा लिंदै सचेत मनले जीवन जीउने वा वेहोसमा  भोग मात्र गर्ने त्यो आँफैमा भर पर्छ । हांसेरवांच्न साधन भएर मात्रा पुग्दैन , साधन भएर मात्र सुख हुने भए चर्चित धनाढ्यहरू हरूको अाखिरी अवस्था वियोगान्त नहुनु पर्ने । साधानको मजा लिन आवश्यक चेतना वास्तवमा ठुलो कुरा हो , र यही सन्तुलनमा  नैजीवनको सफलता छ ।
  हिमालकोचिसो बातावरणको प्रभाव एक चराको फुल भित्रको भागमा समेत  हुन्छ । अण्डा भित्रै चराको भुत्ला उम्रिन्छ अन्डा फुट्ना साथ उ वाहिरको बातावरण सँग जुध्न सक्ने भएर निस्कन्छ ।
प्रकृतिले जीवलाई असाध्य माया र अवसर दार्शाएको छ। यसो त वौद्द दर्शनमा दु:ख हटाउने ८ वटा पक्ष छन्न। यसलाई  प्रगतिको मार्ग -
1.       ठीक दृष्‍टिकोण।
2.       ठीक अभिप्राय ।
3.       ठीक बोली ।
4.       ठीक कार्य ।
5.       ठीक जीवनशैली ।
6.       ठीक प्रयास ।
7.       ठीक सचेतना ।
8.       ठीक एकाग्रता । 
यसको सार हेर्दा यसो भन्न सकिन्छ : सोच्नु पनि कर्म गर्नु हो , राम्रो सोच्दा विज्ञानको नियम अनुसार राम्रो रसायन शरिरमा खेल्छ र राम्रो नतिजा आउंछ । यस्तै बोली , जीवन शैली ,कार्य सबैमा सकारात्मक पन मिसाउनुराम्रो नतिजाको लागि ठाउँं राख्नु हो । ठुलो हुंँदैमा मानिस सुखलाई परास्त गर्न सक्दैन ।
 कविर वाणीमा यस्तो भाव राख्छ्न्न:
बड़ा भया तो क्या,जैसे पैड खजूर |
पंथी को छाया नहीं, फल लागे अति दूर।।

बढी चर्चा, नाम सम्मान र धन भएर पनि अरूको लागि उपायोगि नहुने वस्तु त्यो निरर्थक हो । सस्तो लोकप्रियता एक दिन बिलाएर जान्छ , कृतिम प्रकाश विलाएर जान्छ , त्य
सैले कृतिम प्रकास खोज्दै समय नस्ट गर्नु भन्दासहज प्रकाश तर्फ आकर्षित बनौं  ।
तपाई जुन सुकै पेशामा हुनुहोस, चाहे तपाई नृत्यमा किन नहोस, तपाईले त्यहाँ आफू बाहेक अरु कसैलाई नदेख्नुहोस आफू नृत्यमा केन्द्रीत हुनुहोस । त्यसपछि तपाई आफैमा डुब्नुहुन्छ अनि तपाईको नृत्य राम्रो हुन्छ ।सबैको ताली पाउनुहुन्छ । त्यस्तै तपाई चित्रकार हुनुहुन्छ, लेखक हुनुहुन्छ, पत्रकार हुनुहुन्छ, व्यापारी हुनुहुन्छ जुन सुकै पेशामा भएपनि तपाई आफैँमा डुब्नुहोस अनि तपाईको काम सफल हुन्छ अनि तपाई खुशी हुनुहुन्छ।
आफूमा डुब्न अभ्यास र अनुशासन चाहिन्छ । कुनै पनि विषयमा लामो समयसम्म अभ्यास गरियो भने डुब्न सकिन्छ । सुरु सुरुमा डुब्न सकिन्न, गाह्रोे हुन्छ । शुरुमा हामीलाई साइकल चलाउन सजिलो हुंदैन  , सहज भएन  ,सुख भएन । एउटा गाह्रोको फेज हुन्छ, विस्तारै त्यो फेज पार भएपछि सहजता आउँछ । सहज भैसके पछि आनन्द आउँछ । आनन्द आईसके पछि दिमागमा न्यूरनको एउटा नयाँ सन्जाल  बन्छ । नेटवर्क बनिसके पछिभोलीपल्ट पनि त्यस्तै गरौँ गरौ जस्तो लाग्छ किनकी त्यो सन्जालले  तान्छ ।
अर्को दिन पनि गरौ गरौँ लाग्छ । त्यसैले कुनै पनि कुराको रस ननिस्किदासम्म त्यो कुरा गरिरहनु पर्छ । शुरुका दिनमा रमाइलो हुदैन, सजिलो हुदैन । धेरै गाह्रो हुन्छ । धेरै संघर्ष गर्नुपर्छ, जब एक क्लिक लाग्छ अनि मात्रसहज हुन्छ र आनन्द आउन थाल्छ ।
सबैभन्दा पहिला अनुशासन चाहिन्छ । अनुशासन भयो भने आफ्नो सपनालाई बिर्सिदैन, आफ्नो सपनालाई निरन्तरता दिईन्छ । अनशासन भयो भने कामलाई निरन्तरता दिईन्छ ।त्यसपछि आफैभित्र डुब्नुपर्यो । ओशो कोभनाइमा तिमी यती आफु भित्र डुब कि तिमीलाई एक्लै हुंदा पनि  एक्लो पनको महसुष नहोस्। सुखि हुन  यता उता के भैरहेको छ हैन, म के गरिरहेको छु भनेर आफ्नो काममा निरन्तरता दिँदै आफैभित्र चुर्लुम्म डुब्नु पर्यो ।यस्तै डा विकासानन्द को भनाइमा आफैँभित्र डुब्नुभयो भने तपाईको काम सफल हुन्छ र तपाई खुसी हुनुहुन्छ । अब तपाई अरुलाई खुसी पार्नुहोस । अरुलाई खुशी पार्नुनै सफलता हो ।
अभ्यास +अनुशासन + आफैँभित्र डुब्नु + आफू खुशी हुनु + अरुलाई खुशी पार्नु = सफलता र खुशी। 
हामि कहाँं जन्मियौ , परिवार कस्तो थियो , हुर्काई कस्तो रह्यो , समाज कस्तो छ ,अहिले कस्तो साथीहरू सँग संगत छ , जीवन बिताउने साथी कस्तो छ त्यसैको समजोडको नतिजा नै आज हामी हौं । तसर्थ संगत सुगा रफलाम को प्रसँग जस्तै हो । तसर्थ संगत सुधार  नै आफ्नो सुधारको पहिलो चराण हो ।

-भीमसेन सापकोटा, bhimsensap@hotmail.com

Saturday 26 September 2015

गजल ८

उनलाई सम्झिएर गजल लेख्दा झस्किएँ बेसरी हराको मान्छे सिड्निमा भेट्दा झस्किएँ बेसरी । कागहरू पनि आजकल बकुल्लाको भेषमा गाउँ शहरमा पसेको देख्दा झस्किएँ बेसरी । वाघहरू बिरालाको भेष धारण गरी अगेनी र आँगन टेक्दा झस्किएँ बेसरी । देशको नक्शा फेर्छु भन्नेहरू बाटै आफन्तकै घाटी रेट्दा झस्किएँ बेसरी । ज्युंदै छ उ तर शहीदको नाउमा आफ्नै फोटाले भित्तो छेक्दा झस्किएँ बेसरी । -भीमसेन सापकोटा

यो क्षण पनी टरेरै जानेछ ! Article (प्रेरणादायी लेख-9 )


--भीमसेन सापकोटा

"लक्ष्य विहीन मानिस मृत हो । महत्वाकाङ्क्षा ले भरिएको तर मन मुटुमा प्रेम नभएको मानिस पनि मृत हो ।जसको जीवनमा  केही गर्ने उद्देस्य र मनमा प्रेम छ , त्यहि मानिस पूर्ण  जीवन्त हो ।" -पर्ल बेली ।



 'मान्छे अभावमा आतिन्छ र उपलब्धिमा मातिन्छ , आफुलाई नचिने सम्म। सामान्य मानिसका लागि अभाव र उपलब्धि दुबै छटपटि  र अस्थिर मनका कारक हुन्। यस्तै छटपटिले दु:खित हुंदा राजा अकवरले वीरवललाई दु:ख निवारणको स्थायी समाधान सोधेको प्रसङ्ग उनिहरूको कथामा उल्लेख  छ । "मलाई दु:ख हुंदा र सुख हुंदा दुबै बखत काम लाग्ने कुरा मेरो भित्तामा लेखिदेउ विरवल , ता कि म हरेक दिन आफुलाई त्यो पढे पछि सम्हाल्न सकुं। " विरवलको माथिङलले धेरै सोच्यो ।  सोच्नु ,एकाग्र हुनु ध्यान गर्नु एक माध्यम हो जसले संसारका सबै रहस्य को उद्वोध गर्छ । यसैले भनिन्छ , प्रार्थना आफ्नो कुरा भगवानलाई  सुनाउने माध्यम हो भने ध्यान भगवानको कुरा सुन्ने एक अवसर हो । गहिरो  सोचले विरवलाई नयां उपाय दियो । उनले अकवरको घरको भित्तामा एउटा सुन्दर वाक्य  लेखिदिए , जुन वाक्य पढेर अकवरको  मनमा सांच्चै  स्थिरता र सुख प्राप्त हुंदै गयो । विरवलले भित्तामा लेखेको त्यो वाक्य थियो  "यो क्षण पनि टरेर जानेछ " ।

       चिन्ताले मन पिरोलिंदा अकवर भित्ताको त्यहि वाक्य हेर्थे , अनि यो पनि टरेर जान्छ भन्ने वाक्यांस  पढेर आफ्नो समस्याको आस्थायी प्रकृति बोध गर्दथे । यस्तै अति सुखले , विलासले उन्मत्त हुंदा पनि उनलाई यो वाक्य हेर्ना साथ झस्काउंथ्यो र यो आस्थायी उपलब्धि मा धेरै उल्लासित हुनु बेकार हो भन्दै मनलाई शान्त र स्थित पार्दथे। सुन्दा सामान्य लागे पनि  दर्शनको शिखरबाट निस्केको विरवलको यो वाक्यांश वास्तवमा सबैलाई स्थिरता तर्फ डोर्याने वाक्यांश हो । मनोविज्ञान अनुसार मानिसहरू आपत र विपतले भन्दा पनि त्यो संकट कति समय सम्म रहने हो भन्ने चिन्ताले ग्रसित भएर वेचैन बन्छन्। जब हामि संकटमा हुन्छौं , अचेत मनले त्यो सन्कट सदाको लागि रहन्छ भन्ने ठान्दछ , अनि अनिस्चयताको त्रासले हामी थप दु:खित बन्छौं । कठिन घडि पार गर्ने एक मात्र साधन हो" हरेक घटनामा अस्थिरता को वोध गर्नु "।

बुद्द शिक्षाका अनुसार तटस्त मन ,आस्थायी भाव वोध र प्रज्ञा जागरण नै आनन्दका भर्याङ्ग हुन्। अविचलित मन नै शान्तिको कारक हो । शरीरका संवेदना नियाल्दै , शरीर अस्थिर छ , संसार अस्थिर छ र जीवनका हरेक घटना अस्थिर छ भन्ने भाव को आधार नै विपश्यना ध्यान हो । यसो त  श्रीमद्द्भागवत गीता ले स्थिरतालाई नै , दु:ख को अन्त्य ठहर्याएको छ ।

सुखदु:खे समे कृत्वा लाभ लाभालाभौ  जयाजयौं ।

ततो यूद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि।।   गीता 2/38

 संसारका अन्य दर्शनमा नभेटिने 'वितराग' शब्दलाई कृष्णले गीतामार्फत भन्नु भएको छ , राग (मोह ) मा पनि मन वेचैन हुन्छ र वैराग्य मा पनि मनमा अहँकारका विज निख्रिएका हुंदैनन् , तसर्थ राग र वितरागको मध्यअवस्था 'वितराग 'नै तनाव पाखाल्ने साधन हो । वितराग नै स्थित प्रज्ञ हो , जहाँं भय र मोह रहन्न । रागी  वस्तु तथा साधन बाट लोभिन्छ , वैरागी वस्तु तथा साधन वाट भाग्छ । यी दुवैको केन्द्र विन्दु वस्तु तथा साधन नै छन्। तसर्थ सिग्मण्ड फ्रायडले भने  झैं भोगका साधन बाट नजिकिएर वा वैरागी भिक्षुहरूले भने झैं भोग बाट भागेर मनको स्थिरता आउंदैन । यसका लागि भोगको प्राप्ति र गुमाइ दुवैमा एकनास रहने मन नै स्थिर चित्त हो । यो अवस्था शरीर सुद्धी , भोजन शुद्धि ,सकारात्मक विचारको अभ्यास , नियमित  योग र ध्यान र सम्यक  जीवनको  साधना मार्फत सम्भव छ । सबै धर्मको गन्तव्य  अध्यात्म नै हो ।र,वास्तविक अाफू पत्ता लगाउनु नै आध्यात्मिकता हो ।

वस्तु तथा साधन मात्र हैन , आफ्नै विचारको सत्ता मानिसका लागि अशान्ति को कारक भन्छ । आफ्नै मनको कुण्ठाको कारण उत्पन्न हुने हीन भावनाले मानिस कुनै चिन न जानको निर्दोषिलाई दोषि घोषित गरिदिन्छ। विजय कुमार आफ्नो 'खुसी 'पुस्तकमा पोख्छन्-'अहङ्कार यस्तो घाऊ हो जसलाई बोकेर मानिस  हिड्छ । बाटोमा कसैले जानेर , नजानेर दिएको सानो धक्काले पनि त्यो घाऊ धेरै दुख्छ । जती ठुलो घाऊ , उति धेरै  पीडा । पीडा अरूको धक्काले भन्दा पनि आफ्नो घाउको साइजले दिन्छ , सामान्य दिमागलाई यो बुझ्न कठिन हुन्छ र मानिस अरूलाई दोष दिंदै आफु दुखित बन्छ ।' त्यसैले  मानिसहरू यदकदा आफ्नै विचारहरूका शिकार बन्द्छन् र 'मरिच चाउरिन्छ आफ्नै पिरोले 'भने  झैं वाह्य घटना भन्दा पनि आफ्नै अन्तरङ्ग सोचले बढि पिरोलिन्छ ।

जो मिल्छ ,  जस्तो मिल्छ ,त्यसैलाई ग्रहण गर्ने बानी नै आफु र अरूलाई सुखदायक लक्षण हो । भारतका पुर्व प्रधान मन्त्री अटल कुमार वाजपेयी ले  एक हिन्दी कवितामा (ज्ञान र अध्यात्म भाषा को सीमा भन्दा माथि उठ्छ ) सुखलाई यसरी सम्वोधन गरेका छन्:

क्या हार मे, क्या जीत मे

किन्चित नहिं भयभीतमे।

कर्तव्य पथपर जो भी मिले

यह भी सहि, वह भी सहि………..।



हार ले र जीत ले जे उपलब्धी ल्याए पनि त्यो स्वीकार गर्न दरो मनोवल बनाउनेहरू नै वास्तवमा जीवनलाई जितिरहेका हुन्छन्।

यसमा अझ गहिरिऔं , दिन भरमा हामी औषत २१ हजार छ सय पटक श्वास लिन्छौं । जीवन शुरु भएदेखि गरिएको पहिलो कार्य नै श्वास र जीवनको अन्त्यमा गरिने अन्तिम कार्य पनि श्वास प्रश्वास हो । हरेक श्वास हरू अस्थिर छन्। नयां श्वास लिईयो भन्यो  , फेरी पुरानो भईहाल्छ । पल-पलमै हाम्रो फोक्सो चल्छ , श्वासलाई लगातार पम्प गर्दै फाल्छ । गहिरिएर हेर्दा  यो श्वास नै जीवनको अस्थिरता बोध गराउने आँफैसँग अहओरात्र रहने गुरु हो । भूगर्वविद र खगोलविद वैज्ञानिकहरू हर्मन र साइमानले यो धर्तीको आयू सरदर २२ लाख वर्ष भनेर हिसाव निकालेका छन्। यस्तै ब्रह्माण्डका हरेक पिण्डको आ-आफ्नै आयु छ । अर्थात हरेक वस्तु संसारमा अस्थिर मात्र छन् , यहि अस्थिरता को बोध  नै हरेक कर्ममा , व्यवहारमा, सोचमा र चिन्तनमा गर्नुलाई पश्चिममा भन्ने गरिएको 'सेल्फरियलाइजेशन 'र पुर्वमा भनिने निर्वाण वा मोक्षको अवस्था हो ।आत्मा मात्र अमर छ । आफ्नो खप्तड  सूक्तिमा खप्तड बाबा लेख्नुहुन्छ "आत्मा सुख दु:ख तथा यिनका भोक्ताको पनि साक्षी हो । अस्थिरता वोध हुनासाथ थाहा हुन्छ "तपांई तत्व दृष्‍टिले उही अजर-अमर , शुद्द -बुद्द , नित्य -मुक्त तुरीय ब्रम्ह हो । " जब यो सत्य को बोध हुन्छ तब हामी नदेखिने भविश्यका लागि भन्दा देखिने वर्तमानका लागि बढी सुखले बांच्छौं । एकैछिन सोचौं -  

जुनदिन हाम्रो आखिरी श्वास सकिन्छ  , त्यसदिन पनि  हाम्रो नगद  बैंकमा र अन्य धन यहि सन्सारमा नै रहन्छ । अहिले धेरैलाई लागिरहेको छ "-

' हामिसित खर्च गर्न पर्याप्त धन सम्पत्ती  छैन ।'

जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ , यो डा योगि बिकासआनन्दको अनुसन्धान पनि हो । जसलाई एउटा सानो कथा बाट अर्थ खुलाउनु प्रासङ्गिक छ ।

एकजना चिनियाँ महाजन वा  बादशाह को मृत्यु भयो । उ धनी थियो तर समाज सेवा , दान वा आफ्नै अत्यावस्यक सेवाका खर्चमा समेत रुची राख्दैन थ्यो । यहाँं सम्म कन्जुसकी आफ्नो नोकरको तलव कटाएर समेत  उ भविश्यलाई र आफ्नो बुढेसकालको लागि भनेर सुका -सुका पैसा बच्चाउंथ्यो । एक दिन जे हुनु थ्यो सोहि भयो , उ कालको शरणागतिमा गयो ।  आफ्नो विधवा पत्नी  को लागि बैंकमा १९ लाख डलर छोडेर गयो । विधवाले केहि समय पछि आफ्नै घरको उहि जवान नोकरसित विवाह गरिन । विवाह पछि नोकरले एक दिन भन्यो '

" म हमेशा सोच्थें  कि म आफ्नो मालिकको लागि काम गर्थें , र उ मेरो लागि गर्दैन तर उसकै लागि  धन कमाउन ब्यस्त रहन्छ  , तर आज आएर म सम्झन्छु , आखिर मालिकले  नै हमेशा मेरो लागि मरिमेटेर धन थुपार्दिन  काम गरेको रहेछ  "

यसबाट के सिक्न सकिन्छ ?

·       सुखका लागि बांच्ने हैन सुखले बांचौं। 

·       धन अधिक आवश्यक छ तर  अधिक धन आर्जन गर्नु भन्दा अधिक बाँच्न सिकौ ।

·       राम्रो र स्वस्थ शरीरको लागि प्रयास गरौं ।

·       महंगो फोनको ७० % फंकशन अनुउपयोगी रहन्छ ।

·       महंगो कारको ७०% गतिको उपयोग हुदैन ।

·       *घरको पुरै दराजमा ७०% कपडा त्यतिकै राखिएको हुन्छ ।

·       पुरै जिन्दगीको ७०% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।

·       ७०% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ ।



सबै घटना टरेरै जान्छन्, मात्र हरेक पलमा साक्षि भावको विकास  गर्दै वांचौं । तपाईं भोक्त्ता हैन द्र्स्टा बन्न सिक्नुहोस। कर्ता हैन साक्षि बन्ने अभ्यास गर्नुहोस्।  आनन्दका दैलाहारू विस्तारै तपाईंका लागि खुल्दै जाने छन्। -bhimsensap@hotmail.com

गजल -7

गजल

थोरै थियो ,रङ्ग तर कस्तो रङ्गिन बनाइ गयौ ।
मरूभुमि दिलमा आज यस्तो कुवा बनाइ गयौ ।

नहान्दामा वाण तिमीले, शान्त थियो तलाउ
छालहरूलाई आज यस्तो चल्नै पर्ने बनाइ गयौ ।

नछोउ भन्छ दुनियाँं ,छोउ भन्छेउ तिमी
अप्ठ्यारोमा एउटा यस्तो अवसर बनाई गयौ।


फुल देख्दा नलोभिने मुर्दा मात्र हुन्छ भन्छन्
ज्युंदै रहुं या मुर्दा बनुं कस्तो दोधार बनाइ गयौ।  

-भीमसेन सापकोटा

गजल ५

सयौ ति फुलहरूको माली बन्न पाए हुन्छ ।
हिमाल,पहाड तराइ भन्दा नेपाली भन्न पाएँ हुन्छ

देश बनाउन हिडेका ती भीडहरुलाई
हातका औलामाथि राखी गन्न पाएँ हुन्छ।

पराइका कुरा काटी चोक गल्ली हिड्ने समयमा
सुन फलाउन बाँझो खेत खन्न पाएँ हुन्छ


नलगाउ भो आदर्शका ब्यर्थै फोस्रा नारा
कलेटिएका अनुहारहरुमा प्रसन्न पाएँ पुग्छ

एँ अस्ट्रेलिया तलाई के थाहाँ अझै
रुकुम,रोल्पाका ती भोका पेटलाई अन्न पाएँ पुग्छ

-भीमसेन सापकोटा 

'ए फुजिको नलजाउ अब ' (कविता -2)

'ए  फुजिको नलजाउ अब '

शर्माएर लजाएको
तिम्रो जपानको सगरमाथा
ले  घुम्टो खोल्दै खोलिनन्
त्यसैले सम्झाउंदै छु , ए फुजि।
तिमी नलजाउ किनकि तिमीले
कम्तिमा आफंले  पाएको  तेन्जिन्ङलाई
आफ्नै  नागरिकतामा
नअटाएको देख्नु परेन ।
घुम्टो खोलेर हेर त ,
सगरमाथाका फेदिका ,
सुनगाभा फलाउने हातहरू ठेला फुटाउंदै,
 तिम्रै टोकियोका  गराहरूमा
सिर्जना फुलाउन ब्यस्त छन्न्।
भन्देउ तिम्रो साकुरालाई
पनि तिमि संधै मुस्कुराइ रहनु ,कम्तिमा तिमीले
भीर पहरामा फुल्नु परेको छैन ,
गुरांसले झैं तिमीले दुख्नु परेको छैन । 
आफ्नै छात्तीचिरा पार्दै
सन्तानहरूको चिहान आफ्नै
दैलोअघि थुप्रिएको  सडकको
खरानीमा  खोज्नु परेको छैन  ।
तिमी टोकियो  टावर सङ्गै 
युग -युग उभिरहनु ,
अस्ट्रेलियाको ओपेराधुरी झैं
आदिवासिको अस्तित्व लुटेर
सेता मान्छेहरूको कालो ईतिहास बन्दै
लज्जाले पुस्तौं -पुस्ता शिर झुकाउनु परेको छैन  ।
तिम्रा समुद्र किनारका छालहरूले
सिरियाको सिमाना बन्दै
रगतका टाटा पखाल्नु परेको छैन ।
फेरि भन्छु तिमी अटल रहनु 'तातेसेना'
तिम्रा सिमाना सर्ने छैनन्,
टनकपुर र कालापानिको आंशु बनेर
तिमी कहैल्यै  बग्नु परेको छैन ।
ओशाकाका सडकहरूमा
कतै बुद्द अलमलिएको देख्यौ भने
सीताले जीजीविषाको  खोजिमा,
आफ्नै ठेगाना भुलेको भेट्यौ भने 
'सिबुया 'चोकमा हैन उनलाई
सगरमाथा कै वस्तिमा उनको
 अपुरो  सपना पर्खिरहेछ सम्झाइदिनु ।
मलाई थाहा छ ,
 टोगा र टुकुचे मितेरी साईनो  सँगै मुस्कुरांउंदा ,
फुजि तिमी सगरमाथाका  आंशु देख्न सक्दिनौं । 
सगरमाथाबाट झरेका मोतिहरू,
तिमिले आफ्नै पेवा नस्म्झीदिनु   ,
सक्छौ चम्काएर फर्काईदिनु किनकिन ,
उनिहरू आफ्नै मुकुटमा ज्यादा सुहांउछन्।
विश्वयुद्दमा तिमीसङ्गै नाचेका खुकुरिहरूलाई
एक पटक फेरि सम्झाइदेउ ओशाका
,अरूको सिमानामा गर्खाली खवरदारी युगौ देखि गर्यौ
अब एक फेर आफ्नै सिमानामा
जङिएर बहादुरी को साख राख भनिदेउ ।
त्यसैले अब नौ जवान सगरमाथालाई जापान
भित्र विलाउने सपना मात्र हैन
बुद्दभुमि मै प्रगतिका साकुरा फुल्ने
योजना थमाएर फर्काइदेउ ।
मलाई थाहा छ ,फुजी म ,
तिम्रै दैलो 'फुजिको खावावागुचि'मै पुग्दा पनि
 तिमीले बादलको घुम्टो लज्जाले,
 फाल्दै- फालिनौ किनकि
तिमीलाई  डर छ तिम्रै कारण देउराली रोएको खवर
पनि तिमीलाई मैले सुनाउने छु भनेर 
उर्वर जवानीलाई 'मान' र 'एन' मा  जोखेर  ,
केवल छोक्रे बुढौलिहरूमात्र
देउरालीलाई फिर्ता गरेकि छौ कि तिमीले ।
मैले सबै  हिसाब किताव माग्नेछु आजसम्मका तिमीसङ्ग,
 म तिम्रो चाहकिलो जुन को मात्र प्रसम्शा गर्ने छैन,
जुन भित्रको दागको प्रश्न पनि साथै ल्याएको छु ।
  यतिमात्र कहां होर
 तिमी लजाउनुको गहिरो रहस्य  छ म सँग
निर्दोष सगरमाथाका धेरै
 सपना र जवानीका जोशहरूलाई कोफिनमा       
  साटेर फिर्ता गरेकि छौ  तिमीले ।
ए फुजि, भयो नसर्माउ ,अब जे हुनु भयो ,
 घुम्टो खोलेर अब तिमीले तिम्रो मझेरीमा अलमलिएका
 सगरमाथाका पाइलाहरूलाई
यत्ती भनिदिए पुग्छ,
चन्द्र सुर्यका सुर्यले  ,
चन्ङ्गाले प्रगतिको आकाश जति चुमे पनि  
उसको अस्तित्वको धागो
लट्टाईबाट नछुट्टिन्जेल सँग मात्र हुन्छ ।               


         (जापान यात्रामा लेखिएका कविता)
 -भीमसेन सापकोटा  

गजल -4

गजल -4

  माटोको यो आज  कसम, खाएर लेख्दै छु
मेरै घायल  देशको  गीत , गाएर लेख्दै छु ।।

काट्नु हुन्न आंगन ,फाट्नु हुन्न हामीहरू
नटुक्र्याउ देश भन्दा, गोली  पाएर लेख्दै छु ।।


देश तिम्रो पेवा हैन,बुझ अब लुट्न दिन्न
वीर पुर्खाको, रक्गतको टीका लाएर लेख्दै छु

आफूलाई आँफै मार्ने भाई हो कि पराई हो
मेची, काली ,टिकापुरमा धाएर लेख्दै छु

अब चल्छ आंधी हुरी, हेर के के ढल्छ
यहि गजलले  सरकार ढल्छ,याद आएर लेख्दै छु


                                                                -भीमसेन सापकोटा

गजल -3



अकाशको जुनमा पनि  दाग हुन्छ प्यारी
जवानीमा पनि आफ्नै माग हुन्छ प्यारी

खाको विष लाग्छ भन्थे ज्यानै गयो नखाइ
बत्ति सामु पुत्ला त्यसै खाग हुन्छ प्यारी

मृगले नि खोजी गर्छ मिठो बासनाको
आफैसग कस्तुरीको राग हुन्छ प्यारी

बिरानो यो ठाँउमा छु तर चिन्ता छैन मलाई

शुभखवर घर पुर्याउने काग हुन्छ प्यारी

--भीमसेन सापकोटा 

गजल -2

     
लुटिएछु,    लुटिंदैछु,      लुटिनुको  मजा बेग्लै । 
तिम्लाई खुशी मिल्छ भने रित्तिनुको मजा बेग्लै । 

बैशालु ती अंग धुने त्यो खोलीको चिसो
पानी बनी छताछुल्ल पोखिनुको मजा बेग्लै

मित्र भन्छौ ,ढुङ्गा हान्छौ , सहिदिन्छु हाँसी हाँसी
त्यै ढुङ्गाको मूतिं कुँदे, सिर्जनुको  मजा बेग्लै ।।

हरिणको चाल जस्तै, राम्रो मान्छे खोज्दै हिड्छौ  
कस्तूरीलाई आँफै भित्र, खोजिनुको, मजा बेग्लै।।

मित्रले भुली देलान, बरू याद गर्छन्न वैरिहरू

काँडाहरुको बीचमा सधै फुलिनुको मजा बेग्लै 
--भीमसेन सापकोटा 
https://www.youtube.com/watch?v=9AypvFJXWCQ

मुक्तक -1

मुक्तक -1

फुलै हो पत्थर हैन भने  सुवाष  असम्भव छैन


कवितै हो शब्द ठेलि हैन भने आंशु असम्भव छैन 


चिनें अब छिमेकीलाई सकार्छु आफ्नै घर भन्छौ

मान्छे नै हो ,नेता हैन भने इमान असम्भव छैन   

.............................................................


मुक्तक -2


तिमी भन्छौं प्रेम सफल हुंदै हुंदैन 

म भन्छु यो सफलता जरूरी छैन 

किनकि  पाउने लालसामा मात्र 

म कसैलाई शिकारी प्रेम गर्दीन । 

--भीमसेन सापकोटा 

गजल -1



घामले मात्र हैन , बादल ले नि पोल्न थालेको आजकाल
रात नपर्दै फ्याउराहरूले मैंहु शेर भन्न थालेको आजकाल

कागहरू श्वेत वकुल्लाको  नाममा एक्कासी बदलिएका छन्
देश फेर्दैमा मोहन माइकल बन्न थालेको आजकाल


वोकाहारू पनि दारी पालेकै भरमा दर्शनिक भनिन थाले
रफावले नै मान बहादुर मोतिराम बन्न थालेको आजकाल


लेखक, समाजसेवि वा दाता जे -जे , बन्छु भन्छौ
सेवाका तक्माहरू दोकानमै भेटिन थालेको आजकाल ।। 

     -भीमसेन सापकोटा