Monday 17 August 2015

जन्मदिन (गीत-1)

जन्मदिन
सोमबार, श्रावण ३२, २०७२ १३:२५:४६

(गीत)
यो धर्तीले फेरी एउटा फेरो पुरा गर्यो
सयपत्री जीवनको अर्को पत्र झर्यो ।।
 
उमेर मापन गर्दै डोरी अझै आज  बढ्यो ।
वर्षहरू ढल्दै जाँदा  समय अलि सर्यो।।   

बलेसीको  ओझेलले  आँगन  ताक्दै जाँदा ।
आफ्नै मुहार आँफैलाई थोत्रो लाग्दै गर्दा  ।।

हरेक श्वास  नयाँं  जन्म मान्दै हाँसी रम्छु ।
हरेक दिन, जन्म दिन ठान्दै जीवन बाँच्छु  । ।
भीमसेन सापकोटा
हाल, सिड्नी, अष्ट्रेलिया
bhimsensap@hotmail.com
- See more at: http://nepalpati.com/news/13878/bhimsen-sapkota#sthash.Qt0Juisy.dpuf

No comments:

Post a Comment