Wednesday 15 July 2015

हरेक श्वासमा हामि खुशि मनाउं Article (प्रेरणादायी लेख-1 )





हरेक श्वासमा हामि खुशि मनाउं


bhimsen sap
-भीमसेन सापकोटा,
उत्सव मनाउन कुनै पर्व र नयां सालको जरूरि पर्दैन । जव प्रत्येक श्वास ईश्वरको कृपा विना फेर्न सकिंदैन भने हरेक श्वासमा हामि खुशि मनाउं ।प्रत्येक पल, क्षण र वर्षमा खुशि मनाउ । मनुष्यको जन्म भन्दा
ठुलो संसारमा कुनै जन्म छैन।’ (-रामायण ,उत्तरकाण्ड ,कागभुषुन्डि-गरुड वार्ता ), यस्तो अमुल्य जीवनका प्रत्येक पल नाचेर ,हांसेर बाचौं ।
जनावरमा ५ चेतनाका गुण छन् ‘आहार निन्द्रा भय ,मैथुनतर मानवमा ५० गुण छन् ‘। हामि यो संसारमा पुराना कर्म पखाल्न र जीवन मरणको चक्कर बाट सदाको लागि मुक्ति पाउने निर्वाण को अवस्थामा पुग्न जन्मिएका हौं ।
मृत्‍युको एक पल अघि सम्म पनि जीउन पाएकोमा उत्सव मनाऔं। जव मृत्‍यु आउँछ तव ती क्षणमापनि रमाउंदै खुशि मनाउं किनकि सन्सारका सबै दु:खको अचुक उपचार मृत्‍यु हो । ‘मरे पछिडुमै राजा भन्ने उखान त्यत्तिकै चल्तिमा आएको हैंन । त्यहि मरण जसले पुरानोशरीर त्यागेर पुन: नयां जीवन पाउने वा अनन्त आनन्दमारहने द्वार खोल्छ ।जसरि जन्म लाई स्वागत गर्यौ त्यस्तै मृत्‍यु लाई पनि स्वागत गरौ। जीवनका हरेक समस्यालाई अवसरको रुपमा नियालौं ।
जव जीवनको मुल्य वोध हुन्छ तव हरेकपात्रो फेरिंदा मात्र हैंन , मानिसले तयार पारेको साल हरू फेरिंदा मात्रहैंन हरेक पटक श्वास फेरिंदा रम्न मन लाग्छ । आउँ दिब्य ज्ञानको द्वारखोलौं । मानिस भित्र निहित अत्यन्त बलशालि चेतनाको पहिचान गरौं । तपाइ जहाँजसरि रहनु भएको छ, आउनुहोस् अझै ढिला भएको छैन,नयां सालर समयलाई नुतन सोचका साथ मनाऔं । सबैलाई शुभकामना !!
आफुले आँफैलाई चिन्न सक्नु मा नै वास्तविक आनन्द छ। समग्र उपनिषद भन्छ ‘तद्त्वम् असि:। बुद्द भन्नु हुन्छ ‘ अप्प दिपो भव :’ बाइबल भन्छ -Know thy self ”र मोहम्मद भन्छन ‘नुर मसि’ । वास्तवमा मानिस जब सम्म आफ्नो अस्तित्व बाट आँफै अनभिज्ञ रहन्छ तवसम्म उ दु:खि हुन्छ । मन्दिर , मुर्ति, चर्च , मस्जिद ,तिर्थ धाइरहन्छ । अन्यन्य परमात्माको अंश आँफै हो भन्नेबोध नहुँदा उ वाहिर इश्वर खोज्ज । आउनुहोस् दिब्य साधना गरौ,”स्वाध्यायनप्रवद: ‘उक्ति लाई आँफै बाट थालनी गरौ ।

No comments:

Post a Comment