Wednesday 15 July 2015

जीवनका हरेक दिन ,जब बन्नेछन् उत्सवै उत्सव !!- Article (प्रेरणादायी लेख-3 )




जीवनका हरेक दिन ,जब बन्नेछन् उत्सवै उत्सव !!-






--भीमसेन सापकोटा, 
तलाउमा डुबेर मर्ने मान्छेले मर्नु अघि हात खुट्टा चलाएकै हुन्छ ,र तैरन जान्नेले पनि रमाएर पौढंदै हात खुट्टा चलाएकै हुन्छ । आ-फ्नो तरिकाले दुबैले हात खुट्टा चलाएकै हुन्छन्। दुबैका  लागि पानी एउटै हो,  गहिराई एउटै हो तर एउटा डुबेर मर्छ अर्को हांसेर तैरिन्छ । परिवेश एउटै छ तर हात खुट्टा चलाऊने कला फरक हुंदा तलाउ कसैको वियोग त कसैको मनोरन्जनको विषय बन्छ । पोखरि रुपि यो संसार पनि उस्तै छ ,  कसैका लागि उत्सव त कसैका लागि दु:ख बनिरहेको छ । सागर पनि जीवन जस्तै रहेछ ,जीवनमा सु:ख पुर्वक जीउन  पनि पोखरीमा डुब्नुमा पानी  को दोष नभए झै वाहिरि बातावरण मात्र जिम्वेवार रहंदैन। बरू यसमा आफ्नो सकारात्मक सोच , जीवनलाई बुझ्ने र आफुलाई चिन्ने कलामा निर्भर गर्दछ । एउटा हिन्दी कविता छ ‘-
 ” जीवन खुव सुरत है, हमको जी ना नहि आता, नशा तो हर चिजो मे हमको पीना नहीं आता ।।”
 दु:ख या सुखका लागि संसार जिम्वेवार छैन, जिम्वेवारी स्वयंको  हो । हामीले जति  प्रार्थना गरे पनि हाम्रो दु:ख हरेर लाने त्यस्तो कुनै वाह्य शक्ति छैन। वाहिरको ईश्वरले हामीलाई  सुख दिनका लागि अगाडि’ तथास्तु’ भनेर  कहानिमा भनिए झैं कहिल्यै उभिने छैन । त्यसैले त ईश्वर खोज्न गएकाहरू सिद्दार्थ  गौतम , स्वामि विवेकानन्द ,रमण महर्षि, जिसस , मोहम्मद  लगायत धेरै  , आँफै इश्वर बनेर फर्किए ।
जीवन भर अविचलित सुख मा वांचे  । फरक यत्ती हो कि- सामान्य मान्छे मा र उनिहरूमा जीवनलाई हेर्ने दृष्‍टिकोण बदलियो । उनिहरू  पनि सुख र इश्वर लाई खोज्न जति वाहिर तड्पिए त्यति दु:खि थिए तर जब यो खोज अन्तर्मुखि बन्यो तव सारा दु:ख विलायो र स्वयं भित्रको ईश्वरिय अनुभुति पाए । परिस्थिती बदलिएर हैन मन बदलिएर मान्छे सुखि बन्ने रहेछ । पश्चिमका एक वैज्ञानिक मारग्रेट यङ्गले भन्छन्
“धेरै जसो मानिस जीवनलाई फेदबाट नबांचेर टुप्पोबाट जिउने यत्न गर्छन् । उनिहरू ठान्छन् कि , धेरै धन , धेरै लोकप्रियता र धेरै चर्चा भए पछि जीवन सुखी हुनेछ । तर सत्य उल्टो छ , सुख को कडि त्यसमा छ  कि-मनिसले सर्वप्रथम आफु त्यो हुन सक्नु पर्छ , जो उसको वास्तविकता हो ।  ”।  
सत्यको दर्शन कहिल्यै नगर्नु भन्दा ढिलै गरे पनि बेस हुन्छ । अनेक रोग बाट मुक्ति पाउन र आरोग्य सुख  प्राप्तिमा  , भोजन शुद्दि जरूरि छ । निरोगिता को खुसी चाहने तर खान-पान र अंम्मल मा नसा लगाइराख्ने हो भने सुखलाई हामी आँफै बार हल्दै छौ । अरुले के भन्ला समाजले के भन्ला भन्दै आफ्नो सुख अरुको भनाइ मा निर्भर गराउने हो भने हामी मानसिक सुख अरुको हातमा राख्दै छौं । टोकरीमा ढुङ्गा र फल सँगै छ भने ढुङ्गाको विचमा पनि मिठो फल रहेछ भन्दै खुशी हुने हो या फल मा ढुङ्गा मिसिएछ भन्दै दु;खि हुने हो -सोच दृष्‍टि र सकारात्मक  त्याग नै सुखका सूत्रहरू हुन्।
कृष्ण भन्नुहुन्छ -”जीवन उत्सव
मय छ हरेक दिन उत्सव मनाउ । जीवन प्रसन्न हुनका लागि हो।”
 उत्सव मनाउन कुनै पर्व र नयां सालको जरूरी  पर्दैन । जव प्रत्येक श्वास ईश्वरको कृपा विना फेर्न सकिंदैन भने हरेक श्वासमा हामि खुशि मनाउं ।प्रत्येक पल, क्षण र वर्षमा खुशि मनाउ । मनुष्यको जन्म भन्दा ठुलो संसारमा कुनै जन्म छैन।’ (-रामायण ,उत्तरकाण्ड ,कागभुषुन्डि-गरुड वार्ता ), यस्तो अमुल्य जीवनका प्रत्येक पल नाचेर ,हांसेर बाचौं । जनावरमा ५ चेतनाका गुण छन् ‘आहार निन्द्रा भय ,मैथुन’ तर मानवमा ५० गुण छन् ‘। हामि यो संसारमा पुराना कर्म पखाल्न र जीवन मरणको चक्कर बाट सदाको लागि मुक्ति पाउने निर्वाण को अवस्थामा पुग्न जन्मिएका हौं ।
 मृत्‍युको एक पल अघि सम्म पनि जीउन पाएकोमा उत्सव मनाऔं। जव मृत्‍यु आउँछ तव ती क्षणमापनि रमाउंदै खुसी मनाउं किनकि सन्सारका सबै दु:खको अचुक उपचार मृत्‍यु हो । ‘मरे पछि … राजा भन्ने उखान त्यत्तिकै चल्तिमा आएको हैंन । त्यहि मरण जसले पुरानो शरीर त्यागेर पुन: नयां जीवन पाउने वा अनन्त आनन्दमा रहने द्वार खोल्छ ।जसरि जन्म लाई स्वागत गर्यौ त्यस्तै मृत्‍यु लाई पनि स्वागत गर्न तयारी गरौं ।
 जीवनका हरेक समस्यालाई अवसरको रुपमा नियालौं । जव जीवनको मुल्य वोध हुन्छ तव हरेकपात्रो फेरिंदा मात्र हैंन , मानिसले तयार पारे11130940_10203725990179479_1872243907_o (2)को साल हरू फेरिंदा मात्र हैंन हरेक पटक श्वास फेरिंदा रम्न मन लाग्छ । आउँ दिब्य ज्ञानको द्वारखोलौं । मानिस भित्र निहित अत्यन्त बलशालि चेतनाको पहिचान गरौं । तपाइ जहाँजसरि रहनु भएको छ, आउनुहोस् अझै ढिला भएको छैन,नयां सोच पलाएको यो नयाँ  समयलाई नुतन सोचका साथ मनाऔं । शाकाहार भोजन , दृष्‍टि र  सोच को परिवर्तन , नियमित अन्तर्मुखि इश्वरिय साधाना थालौं । यसमै हाम्रो वास्तविक चिर सुख निहित छ।
सुख सूत्र !-2

No comments:

Post a Comment